aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गरिने

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका सहिदको नाम राजपत्रमा प्रकाशित गर्नेभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको हो ।

 त्यससम्बन्धी विस्तृत विवरण मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजना हुने नियमित पत्रकार सम्मेलन सार्वजनिक गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिए । नेपालमा भएको १० वर्षे जनयुद्ध र २०६२र६३ सालको जनआन्दोलनमा शाहदात प्राप्त गरेका सहिदको विवरणलाई सरकारले राजपत्रमा प्रकाशित गर्ने भएको हो । सोमबारको मन्त्रिपरिषद्ले सार्वजनिक बिदाको दिन कुन–कुन सरकारी कार्यालय खोल्ने भन्नेबारेमा पनि निर्णय गरेको छ । 

शुक्रबारको मन्त्रिपरिषद्ले गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल रु तीन हजार तीन सय ५१ तोक्ने, चालु आव २०७९र८० का लागि उक्त मूल्य निर्धारण गर्ने र सरकारले सङ्घीय संसद् सचिवालयमा दर्ता भई हाल राष्ट्रियसभामा विचाराधीन रहेको प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ लाई फिर्ता लिन स्वीकृति दिने लगायतका निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस