aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

काठमाडौँ  ।  तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् ।  चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । 

सीको काठमाडौँ आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौँमा रहने कार्यक्रम छ । 

राजनीतिक संक्रमण सकिएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस