aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पउलान् विश्वासको मत ? कस्तो छ सम्भावना ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, १६ फागुन २०७९
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पउलान् विश्वासको मत ? कस्तो छ सम्भावना ?

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई दुईतिहाइ प्रदेश सभा सदस्यले विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन्  । 

विश्वासको मत लिने तयारी गरिरहेका मुख्मन्त्री शाहले सोमबार गोरखापत्रसँग कुराकानी गर्दे आफूलाई नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का १०, नागरिक उन्मुक्तीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र स्वतन्त्रका एक जना प्रदेश सदस्य गरी ४१ जनाले विश्वासको मत दिने बताए ।  

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ र दुईतिहाइका लागि ३७ मत आवश्यक पर्छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तीको समेत पछिल्लो पटक बनेको नयाँ गठवन्धनमा सामेल भएपछि दुईतिहाइ मत पाउने विश्वास गरेका हुन् । 

मुख्यमन्त्री शाहले आफूलाई फागुन २२ गते भित्रै विश्वासको मत लिने गरेर वातावरण बनाइ दिन शिर्ष नेताहरुसँग आग्रह गरेको जानकारी दिए । 

उनले विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार हुने पनि बताए । अहिले सुदूरपश्चिम सरकारसँग तीन सदस्यीय मन्त्रिपरिषद छ ।

प्रतिक्रिया दिनुहोस