aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले मागे ओलीसँग भोट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
रामचन्द्रलाई राष्ट्रपति बनाउन देउवाले मागे ओलीसँग भोट

काठमडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन आग्रह गर्दै पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलका लागि भोट माग्दै अध्यक्ष ओलीलाई देउवाले पत्र पठाएका हुन् । 

पौडेल सालिन, बौद्धिक र सुसंस्कृत छविका पौडेल लोकतान्त्रिक आन्दोलनका एक अग्रज व्यक्तित्व भएको उल्लेख गर्दै भोट हाल्नका लागि देउवाले ओलीलाई आग्रह गरेका छन् । 

नेकपा एमालेले राष्ट्रपतिमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । आज उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिमा मनोनयन दर्ता गरेकाहरूले फिर्ता लिन चाहे आज फिर्ता लिनेसक्ने निर्वाचन आयोगले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस