aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मुआब्जा दिन पेट्रोलियम कर पर्याप्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
मुआब्जा दिन पेट्रोलियम कर पर्याप्त

काठमाडौं । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाका नाममा पेट्रोलियम पदार्थबाट असुली गरेको करले उक्त आयोजनाका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न पुगेको छ।

सरकारले यो आयोजनाका लागि २०७२ देखि पेट्रोलियम पदार्थबाट प्रतिलिटर पाँच रूपैयाँ कर असुली गर्दै आएको छ। गत आर्थिक वर्षसम्म यस्तो कर ३३ अर्ब ८९ करोड रूपैयाँ संकलन भएको छ। आयोजनाले अधिग्रहण गरिएको जग्गामध्ये गत वर्षसम्म २६ अर्ब ५० करोड रूपैयाँ वितरण गरेको छ। आयोजनाका फोकल पर्सन दिलिपकुमार सडौलाले अहिलेसम्म पेट्रोलियम पदार्थबाट संकलन भएको करले मुआब्जा वितरण गर्न पुगेको जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षसम्म उक्त आयोजनामा ३६ अर्ब रूपैयाँ खर्च भएको छ। मुआब्जा लगायत अन्य काममा यो रकम खर्च भएको हो। 

सरकारले आर्थिक वर्ष ०७२/७३ को। बजेटमार्फत १२ सय मेगावाटको बूढीगण्डकी। आयोजनाको पूर्वाधार निर्माणको लागि भन्सार । बिन्दुमै पेट्रोलियम पदार्थमा प्रतिलिटर पाँच रूपैयाँ कर लाग्ने व्यवस्था गरेको थियो । नेपाल आयल निगमका अनुसार चार वर्षमा यो आयोजनाको पूर्वाधार निर्माणमा ३३ अर्ब ८९ करोड रूपैयाँ कर संकलन भएको छ।

निगमका अनुसार प्रत्येक वर्ष इन्धन करबापत संकलित रकम मासिक रूपमा सरकारको खातामा जम्मा गरिदै आएको छ। आर्थिक वर्ष ०७२/७३ मा एक अर्ब १६ करोड, ०७३/७४ मा नौ अर्ब ४३ करोडर ०७४/७५ मा ११ अर्ब ३१ करोड रुपैयाँ संकलन भएको हो। त्यसैगरी आव ०७५/७६ मा ११ अर्ब ९९ करोड रूपैयाँ संकलन भएको थियो। यो समाचार आजको नगरिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस