बाँके । नेपालगञ्जमा शनिवारदेखि रोजगार पसल सञ्चालनमा आएको छ । बेरोजगार व्यक्तिहरूलाई शीप र क्षमताको आधारमा विभिन्न रोजगारी दिने संघसंस्थाहरूसम्म पुऱ्याउने उद्देश्यले पसल खुलेको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले औपचारिक कार्यक्रममार्फत पसल शुभारम्भ गरेका हुन् । नेपालगञ्जमा अहिले होटल, कलकारखाना, उद्योग, अस्पताल, ‘विद्यालयलगायत संस्था खुलेकोले त्यहाँ आवश्यक पर्ने सबल र दक्ष कामदारको माग यो पसलले सहज रूपमा पुऱ्याउन मद्दत गर्ने मेयर राणाले बताए।
रोजगार पसलका म्यानेजिङ डाइरेक्टर शैलेन्द्रराज गिरीले यो पसलले रोजगारदाता संघसंस्था र रोजगार गर्न चाहनेका लागि पुलको काम गर्ने बताए।
‘हामीले रोजगारदाता संघसंस्थाले गरेको माग अनुसारका दक्ष र सबल कामदार उत्पादन गरेर पठाउँछौं । विदेशमा गएर पसिना बगाउनुभन्दा शीप सिकेर नेपालमै आयआर्जन गर्न सकिन्छ,ु उनले भने । यो समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस