aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

मोरङ । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको  १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका(७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र कुमार मण्डल र कटहरी गाउँपालिका( ३ का ३० बर्षीय नबि हुसेन रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त स्रोत नखुलेको भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस