aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एलोन मस्क फेरी बने विश्वको सबैभन्दा धनी व्यक्ति, पछि परे अर्नाल्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ फागुन २०७९
एलोन मस्क फेरी बने विश्वको सबैभन्दा धनी व्यक्ति, पछि परे अर्नाल्ट

एजेन्सी। टेस्लाका संस्थापक एलोन मस्क फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वकै धनी व्यक्तिको स्थानमा फर्किएका छन् । टेस्लाको शेयर ५.५ प्रतिशत बढेर २०७.६३ डलर पुग्दा मस्कले फेरी धनीको सूचिमा शीर्ष स्थान प्राप्त गरेका हुन्। ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार मस्कको कुल नेटवर्थ  १८७.१ बिलियन डलर पुगेको छ।

बर्नार्ड अर्नाल्ट, विश्वको सबैभन्दा ठुलो फेसन समूह लुइस भिटो मोएट हेनेसीका सिइओ हुन्।  उनको कुल सम्पत्ति १८५.३ बिलियन डलर छ। अर्नाल्टले डिसेम्बरको मध्यमा मस्कलाई नम्बर १ स्थितिबाट हटाएर उनी त्यहाँ पुगेका थिए। त्यसयता उनी शीर्ष स्थानमा रहेकोमा फेरी मस्कले आफ्नो पुरानो स्थान हासिल गरेका हुन्। अर्नाल्टलाई आधुनिक लक्जरी फेसन उद्योगको गडफादर समेत भनिन्छ ।

यस वर्ष टेस्लाको स्टकमा ९० प्रतिशतले वृद्धि भएको छ । सेयरको मूल्य जनवरीमा $ १०८ डलरमा झरेको थियो। अब यो २०७ डलरमा पुगेको छ। वर्षको सुरुमा स्टक मूल्यमा गिरावटको कारण मस्कको नेटवर्क १३७ बिलियन डलर मात्र थियो। अक्टोबर २०२२ मा ट्विटर सम्झौता पछि मस्कको नेटवर्क घटेको देखियो। नोभेम्बर ८ मा मस्कको कुल सम्पत्ति २०० बिलियन डलर भन्दा तल आयो।

टेस्लाको शेयरमा भएको वृद्धिपछि मस्क नोभेम्बर २०२१ मा पहिलो पटक विश्वको सबैभन्दा धनी व्यापारी बने। उनले अमेजनका संस्थापक जेफ बेजोसलाई हराएर यो स्थान हासिल गरेका थिए। ५ नोभेम्बर २०२१ मा मस्कको कुल सम्पत्ति ३३८ बिलियन डलर पुग्यो। त्यसपछि टेस्लाको सेयर मूल्य ४०० डलरभन्दा बढी थियो।

प्रतिक्रिया दिनुहोस