aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

फाप्लुबाट उडेको हेलिकप्टरबाट सिरकको पोका खसेपछि…

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
फाप्लुबाट उडेको हेलिकप्टरबाट सिरकको पोका खसेपछि…

सल्लेरी । फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको हेलिकप्टरबाट सिरकको पोको खसेको छ ।

बिहिबार उडिरहेको कैलाश एयरको हेलिकप्टरबाट सो सामग्री सोलुदुधकुण्ड नगरपालिकाको फेरामा झरेको स्थानीयले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बताएका छन् । यो सँगै स्थानीय असुरक्षित भएको प्रशासन समक्ष गुनासो गरेका छन् ।

सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल र प्रहरी नायब उपरिक्षक नारायणप्रसाद चिमरियाले सामन ढुवानी गर्दा सानो कमजोरीले दुर्घटना हुनसक्ने हुँदा सवाधानी अपनाउनुपर्ने बताएका छन् । अबका समयमा यस्तो गल्ती नदोर्‍याउन पनि उनहिरुले हेलिकप्टर कर्मचाारीहरुलाई सुझाव दिएका छन् ।

सो हेलिकप्टरका कर्मचारी विलक श्रेष्ठ अन्जानमा भएको गल्तिले सामान झरेको स्वीकारेका छन् । उनले अबका दिनमा यस्तो गल्ती नदोर्‍याउने पनि प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस