
काठमाडौं । नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री दिपक खड्काले राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत् रुपमा विजयी हुने दाबी गरेका छन् । उनले भने,‘ राष्ट्रपति जस्तो गरिमामयपदमा सर्वसम्मत् गरौं भन्ने हाम्रो प्रस्ताव हो । रामचन्द्र पौडेललाई हामीले अघि सारेका छौं । एमालेले सुवास नेम्वाङलाई अघि सारेको छ । सुवास दाई शालिन व्यक्तित्व हो ।
उनले अहिले पनि प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा मन्त्रिपरिषद् पूनर्गठन हुने बताए । उनले भने,‘अब सरकारमा आलोपालोको कुरा गठबन्धनबीच निर्वाचनअघि नै सहमतिभएका रहेछन् । सरकार पाँच वर्ष नै चल्छ । यही गठबन्धन भित्रैबाट यो सरकार चल्छ । यो गठबन्धनले नै अर्को संसद्को निर्वाचन गराउँछ । एमाले र कांग्रेस मिलेर सरकार चलाउने कुरा हुँदैन् । बलियो प्रतिपक्षको पनि संसद्मा आवश्यक पर्छ । एमालेले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’
उनले सरकार निर्माणमा अहिलेको घट्ना स्वभाविक रुपले अघि बढेको सुनाए । यसअघि पुष १० गते बनेको गठबन्धन र सरकार निर्माण प्रक्रिया अस्भाविक ढंगले भएको थियो भन्ने उनको भनाई छ । उनले कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितकादलहरु हिजो चुनावमापनि सँगै गएको स्मरण गराउँदै अहिले उनीहरुबीचमै नयाँ गठबन्धन बन्नु प्राकृतिक भएको दाबी गरे । उनले भने–‘हिजो हाम्रो भोट त साझा थियो । जनताप्रति उत्तरदायी हुनुपर्ने दायित्व थियो । आ–आफ्नो दलको गणितको कारण घट्ना र परिघटना विकसित भयो । पूनःअहिले निर्वाचन मागएका गठबन्धन र थपदलबीच सहमतभएर नयाँ सरकार गठन हुने क्रमहुँदैछ । प्रचण्डकै नेतृत्वमा सरकार गठन हुन्छ । त्यसमाआठ दल सहभागी हुँदैछ ।’
उनले रवि लामिछाने नेतृत्वको रास्वपाले पनि प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता नलिएकोले रास्वपा पनि सरकारमा आउन सक्ने विश्वास दिलाए । उनले भने,‘उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन्, त्यसैले उहाँहरु पनि आउनुहुन्छ ।’
उनले प्रमुखदल र नेताहरुले मुलुकको आर्थिक अवस्थालाई ध्यानमा राखेर गम्भीर भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले भने,‘हाम्रा अभिव्यक्तिर हामीले राख्ने विषय वस्तुुले कस्तो सन्देश दिने भन्ने कुरा गम्भीर छ । मुलुक आर्थिक हिसाबले बडो जर्जर छ । किसानका समस्या त्यस्तै छन् । संविधान पूर्ण रुपमा कार्यान्वयन गर्न थुप्रै कुरा गर्नुपर्ने छ । आरोप–प्रत्यारोपमा उत्रिनु हुँदैन । अहिले त्यो कुराको कमिकमजोरी भएको जस्तो लाग्छ ।’ खड्काले अबमन्त्रिपरिषद् पूनर्गठनमा कसले कति वटा मन्त्रालयपाउने भन्ने कुरा सामान्य छलफलबाट टुँग्निे विश्वास दिलाए ।
प्रतिक्रिया दिनुहोस