
एजेन्सी। अमेरिकाकी अर्थमन्त्री (ट्रेजरी सेक्रेटरी) जेनेट येलेनले सोमबार करिब १२ घण्टाको लागि युक्रेनको राजधानी कीभ भ्रमण गरिन्। जुन एक उच्च प्रतीकात्मक यात्रा थियो। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्न त्यहाँ आफ्नो पहिलो भ्रमण गरेको एक हप्तापछि उनी त्यहाँ पुगेकी थिइन्।
७६ वर्षीय येलेनले साधारण जुम कल वा फोनबाट नै जे गर्न सक्थिन त्यो व्यक्तिगत रूपमा गरिएको थियो। उनको भ्रमणमा अमेरिकी करदाताको खर्चमा अर्को ठुलो चेक हस्तान्तरण गरियो। न्यु योर्क टाइम्सले रिपोर्ट गरेको छ "यात्राको क्रममा येलेनले युक्रेनलाई आर्थिक र बजेट सहायतामा १. २५ अर्ब डलर हस्तान्तरणको घोषणा गरिन्।
यो रुसमाथि दबाब कायम राख्दै युक्रेनलाई समर्थन देखाउन बाइडेन प्रशासनको एक ठोस कूटनीतिक धक्काको एक हिस्सा हो। ।" यसलाई चीनलाई मस्कोसँगको व्यवहारबाट निरुत्साहित गर्ने क्रममा गरिएको एक निर्णयको रूपमा समेत हेरिएको छ। बेइजिङले क्रेमलिन सेनालाई हतियार पठाउने तयारी गरिरहेको आरोप अमेरिकाले लगाएको छ।
यही बेला "राज्य सचिव, एन्टोनी जे ब्लिन्केन, यस हप्ता दुई भूतपूर्व सोभियत गणतन्त्रहरूको भ्रमण गर्दैछन्। उनले ती मुलुकहरूलाई रुस र चीनबाट आफ्नो दूरी कायम राख्न आग्रह गर्ने अपेक्षा गरिएको छ," टाइम्सले समाचारमा लेखेको छ ।
येलेनले आफ्नो अघोषित यात्राको क्रममा त्यहाँ पुगेपछि अमेरिका "अन्तिमसम्म युक्रेनसँग उभिनेछ" भन्ने वाचा गरिन्। उनी बिहानको रेलबाट पोल्यान्ड हुँदै त्यहाँ पुगेकी थिइन्। न्युयोर्क टाइम्सले यो पनि लेखेको छ कि "युक्रेनसँग अमेरिकी एकताको प्रदर्शन रुसको आक्रमणको पहिलो वर्षगाँठ पछि थप १० अर्ब डलर सहायता वितरण गर्ने तयारी गरिरहेको बेला आएको हो।"
नयाँ सहायता प्रदान गर्दै उनले भनिन्: "हामीलाई थाहा छ कि यो युद्धले अनगिन्ती निर्दोष युक्रेनी ज्यान लिएको मात्रै छैन।" उनले थपिन्, "यसले युक्रेनी अर्थतन्त्रलाई ठुलो धक्का समेत दिएको छ। जबरजस्त आर्थिक चुनौतीहरूको सामना गर्दै तपाईँको स्थिर हात र विवेकपूर्ण आर्थिक व्यवस्थापनले युक्रेनको अर्थतन्त्रलाई स्थिर बनाउन मद्दत गर्न सार्थक प्रभाव पारेको छ।"
अमेरिकी अर्बपति तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले युक्रेनीहरू अत्यन्तै बढी भ्रष्ट छन् भन्ने टिप्पणी गरेकै दिन अमेरिकी जनताले तिरेको कर त्यहाँकी अर्थमन्त्रीले युक्रेनलाई दिएकी हुन्। बिल गेट्सले भनेका छन् : युक्रेनी सरकार संसार कै खराब मध्येको एक हो। जुन अत्यन्तै भ्रष्ट र केही सीमित धनी व्यक्तिहरूको नियन्त्रणमा छ।
प्रतिक्रिया दिनुहोस