aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले) का नेता सुवास नेम्वाङ दुवैको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको भए पनि दुवै नेताले फिर्ता नलिएपछि दुवैको उम्मेदवारी कायम भएको हो । राष्ट्रपतिका लागि यही फागुन २५ गते निर्वाचन हुँदैछ । निर्वाचनका लागि नेताहरू पौडेल र नेम्वाङको उम्मेदवारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस