aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनी प्रदेश सरकार संकटमा, लोसपाले समर्थन फिर्ता लिने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, १७ फागुन २०७९
लुम्बिनी प्रदेश सरकार संकटमा, लोसपाले समर्थन फिर्ता लिने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै समर्थन फिर्ता लिने जानकारी दिए । उनले केन्द्रमा बनेको आठ दलीय गठबन्धनको सरकार बनाउन समर्थन फिर्ता लिन लागिएको बताए ।यसैगरी, नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ । 

नेकपा माओवादी केन्द्रले भने तत्काल समर्थन फिर्ता नलिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफूहरू राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने रणनीतिमा रहेको बताए।

लुम्बिनीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र दुई स्वतन्त्र सांसदसहित ५८ सांसदहरूको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस