aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं, महानगरपालिका १४ कुलेश्वर गैरीशंकर बस्ने बसन्त सापकोटाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका १२ टेकु बस्ने ४२ वर्षीया दिलमाया देउलासमेत २३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३८ हजार २ सय रुपैयाँ र ५ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी, काठमाडौं, महानगरपालिका ९ शम्भुमार्ग बस्ने जमुना पौडेलको घरको अण्डर ग्राउण्डमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे घर भई हाल मित्रपार्क बस्ने ३६ वर्षीय जित नारायण श्रेष्ठसमेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त गौशालाबाट खटीएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यसैगरी, काठमाडौं, चन्द्रागिरी नगरपालिका १२ बलम्बु बस्ने ५८ वर्षीय पूर्ण महर्जनको घरमा तास खेलिरहेको अवस्थामा महर्जन समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार ९ सय १० रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस