
एजेन्सी । फेब्रुअरी १ गतेदेखि भारतमा ३ वटा ठूला परिवर्तन भएका छन् । १४.२ केजीको घरेलु ग्यास सिलिन्डरको मूल्य ५० रुपैयाँले बढेको छ । दिल्लीमा यसको मूल्य ११ सय ३ रुपैयाँ पुगेको छ । यसअघि जुलाई ६, २०२२ मा मूल्यहरू परिवर्तन गरिएको थियो। त्यसपछि पनि ५० रुपैयाँले भाउ बढेको थियो ।
यस्तै, १९ केजीको व्यावसायिक सिलिन्डरको मूल्य ३५० रुपैयाँ ५० रुपैयाँले बढेको छ । यो अब दिल्लीमा २११९.५० रुपैयाँमा उपलब्ध छ। यो वर्ष व्यापारिक सिलिण्डरको मूल्यमा यो दोस्रो वृद्धि हो । जनवरी १ मा भने २५ रुपैयाँले भाउ बढेको थियो ।
प्रतिक्रिया दिनुहोस