aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अदानी समूह पुन: अर्बपतिको सूचिमा उक्लिदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ फागुन २०७९
अदानी समूह पुन: अर्बपतिको सूचिमा उक्लिदै

एजेन्सी । एक महिनाभन्दा बढी समयदेखि अर्बपतिको सूचीबाट दिनहुँ चिप्लिएका गौतम अडानीले अहिले भने राहत पाएका छन् । मङ्गलबार जस्तै बुधबार पनि अदानी समूहका कम्पनीको शेयरमा भारी वृद्धि भएको कारण उनीहरुको सम्पत्ति पनि बढेको हो । पछिल्लो २४ घण्टामा अदानीको कुल सम्पत्ति २.१९ अर्ब डलरले बढेको छ र उनी अर्बपतिको सूचीमा चार स्थान माथि उक्लिएर ३० औं स्थानमा पुगेका छन् ।

अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गको प्रतिवेदन २४ जनवरी २०२३ मा प्रकाशित भएको थियो र त्यसको भोलिपल्टदेखि नै गौतम अडानीको खराब दिन सुरु भएको थियो । त्यसयता उनको कुल सम्पत्ति एक महिनामा ८० अर्ब डलरभन्दा बढीले घटेको थियो । यसैबीच, फागुन २८ गते मंगलबार उनका कम्पनीको सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस