aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

चालमलाई पिठो भनेर प्रचार गर्ने सक्रिय भएः अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
चालमलाई पिठो भनेर प्रचार गर्ने सक्रिय भएः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले  सरकारी तथ्यांकलाई तोममोड गरेर देश गलतबाटोमा जाँदै छ भनेर प्रचार गर्ने समूह सक्रिए रहेको बताएका छन् ।  आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले यस्तो बताएका हुन । 

उनले भने, सरकारका केहि कमजोरी होलान तर देशमा गलत तरिकाले प्रचार गरिएको जस्तो भने भएको छैन, यहि चामललाई पिठो भनेर प्रचार गराइदै छ यो गलत हो प्रत्रकारहरुले पनि अध्ययन र अनुसन्धान गरेर समाचार लेख्न पर्यो ।

उनले भने, ‘सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भन्ने तथ्यांक सरकारसँग रहेको छ ।’

उनले भने, देशको उत्पादन क्षमता वृद्धि भएको र त्यस्तो वृद्धि क्षेत्रीय रुपमा सन्तुलित बढिरहेको छ अहिलेको ७ प्रतिशतको आर्थिक वृद्धि व्यवसाय वृद्धि भएर नभई अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरुको समान वृद्धि भएर छ, यूरोप र अमेरिकामा पनि यस्तो वृद्धिदर रहेको छैन दक्षिण एसियाका धेरै देशमा भन्डै दुई डिजिटको वृद्धिदर छ यसलाई हामीले सन्तोषजनक नभन्ने । 


 २ वर्षको अवधिमा बैंकहरुको व्यवसाय ५० प्रतिशतले बढेको  र विगत ३३ ३४ वर्षको तुलनामा लगानी दोब्बर नै भइसकेको छ ।  बीमा क्षेत्र म राष्ट्रिय योजना आयोगमा हुँदा ५ प्रतिशत थियो, यो गत आर्थिक वर्ष सकिँदा १९ प्रतिशतले बढेको रिपोर्ट आयो, अहिले २५ पुग्न अनुमान बीमा क्षेत्रले  गरिरहेको छ । 

सेयर लगानीकर्ता, ब्रोकर र नेप्सेका प्रतिनिधि उपस्थित रहेको कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले लगानीकर्तालाई शेयर बजारको चिन्ता होला तर अर्थमन्त्रीलाई आर्थिक वृद्धिलाई कसरी सवल बनाउने चिन्ता रहिरहन्छ शेयर बजारका बारेमा तपाईहरुसँग छलफल गर्न समय निकाल्न सकिदैन  उनले भने । साढे ७ प्रतिशतको आर्थिक वृद्धि समृद्धि हासिल गर्न कति लगानी गर्नुपर्छ त्यसको अनुमान आफुसँग भएको र त्यो लक्ष्य भेटाउन गर्नुपर्ने पुँजीगत खर्च  कति गर्न पर्छ भन्ने कुरा बजेटमा नै उल्लेख गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस