aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • विहीबार, १८ फागुन २०७९
आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो

 काठमाडौं । नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या डरलाग्दो रूपमा बढिरहेको तथ्याङ्क देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरले आत्महत्या, रोकथाम तथा न्यूनीकरण विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा यस्तो तथ्याङ्क पेस गरिएको हो । 

पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या चिन्ताजनक रूपमा बढ्दो रहेको तथ्याङ्क स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले पेस गरेका हुन् । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३र७४ मा पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका थिए ।

आर्थिक वर्ष २०७४र७५ मा भने पाँच हजार तीन सय १७ जनाले आत्महत्या गरेका थिए । सङ्ख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७५र७६ पाँच हजार सात सय ८४ जनाले आत्महत्या गरे भने २०७६र७७ मा ६ हजार दुई सय ४१ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७७र७८ मा भने सात हजार एक सय १७ जनाले आत्महत्या गरे । पछिल्लो यो वर्षमा आत्महत्या गर्नेहरूको सङ्ख्या आठबाट बढेर १४ प्रतिशतले उकालो लाग्यो,’ जनस्वास्थ अधिकृत मिजारले भने ।

प्रतिक्रिया दिनुहोस