aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनमा शक्तिशाली भूकम्प, एकको मृत्यु, २९ घाइते, २१५ घरमा क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
चीनमा शक्तिशाली भूकम्प, एकको मृत्यु, २९ घाइते, २१५ घरमा क्षति

एजेन्सी । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान ६ः४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस