aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

स्रोत नखुलेको ७ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
स्रोत नखुलेको ७ लाख भारतीय रूपैयाँसहित दुई जना पक्राउ

मोरङ । स्रोत नखुलेको भारतीय रूपैयाँसहित प्रहरीले दसई जनालाई पक्राउ गरेको छ । प्रहरीले बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट स्रोत नखुलेको नगद ७ लाख २० हजार भारतीय रुपैयाँसहित २ जनालाई बुधबार राति पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा भारत हरियाणा बहादुरगंज बस्ने ३० वर्षीय सन्नी गुप्ता र सोही ठाउँ बस्ने ४३ वर्षीय सुरेन्द्र कुमार रहेका छन् । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त रूपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस