aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

एलन मस्कसँग चीन रुष्ट, भन्यो- खुवाउने हातलाई टोक्ने काम नगर !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
एलन मस्कसँग चीन रुष्ट, भन्यो- खुवाउने हातलाई टोक्ने काम नगर !

एजेन्सी। ट्विटर र टेस्लाका मालिक एलोन मस्क चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को निशानामा परेका छन्। चिनियाँ प्रयोगशालाबाट भाइरस लीक हुँदा कोभिड-१९ को उत्पत्ति भएको भन्ने बारेको छलफलमा सहभागी भएपछी बेइजिङ उनीसँग रुष्ट बनेको हो। 

विश्वको सबैभन्दा धनी मस्क फेब्रुअरी २६ आइतबार वाल स्ट्रिट जर्नलको लेखको बारेमा ट्विटर टिप्पणीहरूमा सहभागी भए। जसमा ऊर्जा विभागको एक खुफिया रिपोर्टले भाइरस बुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट लीक भएको बताइएको थियो। चिनियाँ शासनले भाइरस चुहावट सिद्धान्तलाई अस्वीकार गर्दै विरोधीहरूलाई षड्यन्त्र सिद्धान्तवादी भएको आरोप लगाएको छ।

वाल स्ट्रिट जर्नलको समाचारपछि अर्ब पति मस्क ट्विटर छलफलमा उत्रिए। केही ट्विटर प्रयोगकर्ताहरूले  राष्ट्रिय स्वास्थ्य संस्थानका पुर्व प्रमुख डा. एन्थोनी फौसीले डब्लुआईभीमा भाइरसको प्रारम्भिक रूपमा फैलिन सुरु हुनु अघि अनुसन्धानको लागि आर्थिक सहयोग गरेको आरोप लगाए। 

“डा. एन्थोनी फौसीले मुहान ल्याबमा गेन-अफ-फंक्शन अनुसन्धानलाई वित्त पोषित गरे, यसको बारेमा काँग्रेसलाई झूट बोले, र अब दुवै एफबीआई र ऊर्जा विभागले निष्कर्ष निकालेका छन् कि कोरोनाभाइरस बुहान प्रयोगशालाबाट उत्पन्न भएको हो," ह्यान्डल @KanekoaTheGreat आइडी भएका एक ट्विटर प्रयोगकर्ताले लेखे, "के यसको मतलब डा. एन्थोनी फौसीले कोभिड-१९ को विकासको लागि पैसा दिएका थिए ?"

"फौसीले यो पास-थ्रु सङ्गठन (इकोहेल्थ) मार्फत गर्नुभयो,"मस्कले जवाफमा लेखे, डा. एन्थोनी फौसी राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईएआईडी) का पूर्व प्रमुख र ह्वाइट हाउसका पूर्व प्रमुख चिकित्सा हुन् । फौसीको एनआइएआईडीले मुहान प्रयोगशालामा गैर-लाभकारी इकोहेल्थ एलायन्स मार्फत अनुसन्धान अनुदानमा ३.४ मिलियन डलर पठाएको थियो ।

"अमेरिकामा चीन विरोधी राजनीतिक शक्तिहरूले फेरि पनि मुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट कोभिड-१९ लीक भएको हल्ला फैलाएको छ," सीसीपीको मुख पत्र प्रकाशन, ग्लोबल टाइम्समा फेब्रुअरी २८ मा प्रकाशित एउटा लेखमा उल्लेख छ। त्यसमा थप लेखिएको छ "एलोन मस्क, के तपाई चीनको भाँडो किच्याउदै हुनुहुन्छ?" यो पश्चिमी देशमा प्रयोग गरिने "जुन हातले खुवाउँदै छ त्यसलाई नटोक्नु।" भन्ने हो। नेपालीमा ' खाएकै थालमा नथुक्नु' भन्ने भनाई चीनले मस्कको लागि प्रयोग गरेको हो। "प्रसिद्ध टेस्ला मालिक एलोन मस्क पनि यसमा सामेल भएका छन्," लेखमा उल्लेख छ ।

"कसैलाई लाग्न सक्छ [मस्क] ले ती टिप्पणीहरू फौसीलाई आक्रमण गर्न मात्र गरे, तर उनले गरेका सबै पोस्टहरूले लगभग कोभिड-१९ को उत्पत्तिलाई चीनसँग जोडेको छ। र, यो तर्क बारम्बार चीनका शत्रु अमेरिकी दक्षिणपन्थी र चीन विरोधी मिडियाले चीनलाई फ्रेम गर्न प्रयोग गर्दछन्।

राज्यको स्वामित्वमा रहेको मिडियाका टिप्पणीहरूले चिनियाँ शासन मस्कको टिप्पणीसँग असन्तुष्ट रहेको सङ्केत हो। अधिनायकवादी शासनले चीनमा सञ्चालन गर्ने पश्चिमी व्यवसायहरूमा नजिकबाट नियालिरहेको हुन्छ। त्यसैले कुनै पनि संस्थाले चीनलाई असर पर्ने काम गरेमा उसको नियन्त्रणबाट बाहिर निस्किएको ठानेर प्रायः कडा प्रतिक्रियाहरू दिने गरेको छ। 

यस्ता प्रतिक्रियाहरू ती कम्पनीहरूका उत्पादन बहिस्कारका रुपमा समेत विकास हुन सक्छन्। चीन टेस्लाको दोस्रो ठुलो बजार हो। त्यहाँ सन् २०२३ मा दैनिक १ एक हजार १६ वटा टेस्लाका गाडी औसत रुपमा बिक्री भइरहेका छन्। तर, टेस्लाले हाल चीनका प्रतिस्पर्धीहरू जस्तै बिवाईडी जस्ता  इलेक्ट्रिक कार उत्पादनहरूले ल्याएका नयाँ मोडलहरू सँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। बिवाईडीका नयाँ गाडीहरू आकर्षक भित्री डिजाइनहरू प्रस्तुत गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस