aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

बाईकबाटै सुनको सिक्री लुटेर फरार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
बाईकबाटै  सुनको सिक्री लुटेर फरार

काठमाडौं । काठमाडौं महानगरपालिका-३ धापासी घर भएकी ६७ वर्षीया महिलाको २ तोलाको सुनको सिक्री लुटपाट भएको छ । 

बुढानिलकण्ठ नगरपालिका-९ सुकेधारा ओम कोलोनीस्थित सडकमा हिँडीरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाले उनको उक्त सिक्री लुटपाट गरी फरार भएको  छ ।  

लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस