aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

विदेशी महिलालाई वेश्यावृत्तिमा लगाउने एकजना ठमेलबाट पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
विदेशी महिलालाई वेश्यावृत्तिमा लगाउने एकजना ठमेलबाट पक्राउ

काठमाडौं। पर्यटक भिसामा नेपाल आई ठमेलस्थित होटलमा बस्दै आएकी युगाण्डाकी महिलालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौंको ठमेलस्थित होटेल जर्नी होममा बस्ने युगान्डा मासाका घर भएकी २५ वर्षीय नातासा नाम गरेकी महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनले नेपालमा क्लिनर, वेट्रेस लगायतको काममा मासिक ५ सय अमेरिकी डलर कमाई हुने तथा नेपाल आउने जाने हवाई टिकट, भिसालगायतको खर्च समेत कमाएर तिर्ने सर्तमा पीडितलाई नेपालमा बोलाई विभिन्न व्यक्तिसँग शारीरिक सम्पर्क गर्न लगाएकी थिइन्। त्यसो नगरे निज र उनको परिवारलाई मारिदिने सम्मको धम्की दिँदै शारीरिक सम्पर्क गर्न बाध्य पारेको पीडित महिलाले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार पीडित महिला बिरामी भई काम गर्न नसक्ने अवस्था भएपछि होटेलबाट निकालेको र युगान्डा फर्कन लागेकी पीडितलाई टिकट रद्द गरी दिएको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अभियुक्त आफै यौन व्यवसायमा संलग्न हुँदै आएको, पीडित लगायत अन्य युगान्डाका महिलाहरूलाई समेत नेपाल झिकाई यौन कार्यमा लगाउने गरेको, ठमेलका विभिन्न नाइट क्लबहरूमा गई ग्राहकहरू खोजी ल्याउने र पीडितलाई वेश्यावृत्तिमा लगाई ग्राहकबाट प्राप्त रकम समेत आफैले लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

 

प्रतिक्रिया दिनुहोस