aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

श्रीलंकाका नागरिकहरुको तौल बढ्ने समस्यामा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १८ फागुन २०७९
श्रीलंकाका नागरिकहरुको तौल बढ्ने समस्यामा वृद्धि

कोलम्बो । श्रीलङ्कामा पछिल्लो  समय व्यक्तिहरूमा अधिक तौल र मोटोपनको समस्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ   ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका नसर्ने रोग एकाइका सामुदायिक औषधि विशेषज्ञ शान्ति गुणवर्द्धनाले तौल बढी भएका व्यक्तिलाई नसर्ने रोग लाग्ने खतरा बढी हुने बताएका छन् ।

उनका अनुसार सन् २०१५ मा श्रीलङ्काका २२.५ प्रतिशत पुरुष बढी तौल र मोटो भएको पाइएकामा सन् २०२१ को सर्वेक्षणअनुसार  सोको प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ ।

यसैगरी सन् २०१५ मा ३४ प्रतिशत श्रीलङ्काली महिला अत्यधिक तौल भएको पाइएकामा सन् २०२१ मा  यो सङ्ख्या ४८ प्रतिशत पुगेको पाइएको छ । उनका अनुसार अधिकांश श्रीलङ्कालीहरूमा यस्ता समस्याहरू बढ्दै गएको पाइएको छ ।  

प्रतिक्रिया दिनुहोस