
काठमाडौं । जिवित देवी कुमारीका रुपमा पूजा गरिएकी समिता बज्राचार्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेकी छिन् । उनलाई राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।
२०६७ सालदेखि २०७१ सालको अवधिमा उनी पाटनमा जीवित देवी कुमारीको रुपमा पुजिएकी थिइन् । उनी आठ वर्षको उमेरमा कुमारी भएकी थिइन् र ११ वर्षमा घर फर्किएकी थिइन् ।
तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले भोटो देखाउने जात्राको क्रममा जीवित देवी कुमारीको रुपमा रहेकी समितालाई ढोगेका थिए । हाल उनी सामान्य युवतीको रुपमा एयर होस्टेजको तालिम लिइरहेकी छन् ।
प्रतिक्रिया दिनुहोस