काठमाडौं । सरकारले दुधको मूल्य बढाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले दुधमा प्रतिलिटर ९ रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो ।
हाल दुधको मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ छ । अब मूल्य बढाएसँग प्रतिलिटर दुधको मूल्य ६५.५ रुपैयाँ पुगेको छ ।
व्यवसायीहरुले प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकार बन्नासाथै दुधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाएका थिए ।चर्को दबाब र सरकारी निकायसँगको वार्तापछि उनीहरुले तत्कालको लागि मूल्यवृद्धि फिर्ता लिएका थिए ।
प्रतिक्रिया दिनुहोस