aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुदुरपश्चिममा शाहले पाउलान् विश्वासको मत ? आइतबार बैठक बस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ फागुन २०७९
सुदुरपश्चिममा शाहले पाउलान् विश्वासको मत ? आइतबार बैठक बस्दै

काठमाडौं । सुदुरपश्चिम प्रदेशसभाको बैठक आइतबारका लागि बोलाइएको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची राखि बैठक बोलाइएको हो । 

प्रदेशसभाको बैठक आइतबार एक बजेका लागि तय भएको सचिव बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शाह प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । पुस २७ मा मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले सत्ता गुमाएपछि शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । 

राष्ट्रपतिको निर्वाचनलाई लिएर केन्द्रमा नयाँ समीकरण बनेर पूरानै गठबन्धन बिउँतिएपछि शाहले विश्वासको मत लिने तयारी गरेका हुन्।

शाहलाई स्वतन्त्र प्रदेशसभा सदस्य ताराप्रसाद जोशीसहित नेकपा माओवादी केन्द्रका सभामुख बाहेकका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जनाले समेत विश्वासको मत दिने दाबी गरिएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा २७ जनाको समर्थन भए सरकार जोगिन सक्छ ।

उक्त प्रदेशमा नेपाली कांग्रेसका १९ तथा नेकपा (माओवादी केन्द्र)का सभामुख बाहेक १०, एमालेका १० नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकिकृत समाजवादी)का ४ तथा स्वतन्त्र एकजना सांसद रहेका छन् । 

प्रतिक्रिया दिनुहोस