aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रचण्डलाई पाँच हजारको हत्या गरेको अभियोग लाग्ने, रिट दर्ता गर्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ फागुन २०७९
प्रचण्डलाई पाँच हजारको हत्या गरेको अभियोग लाग्ने, रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध हजारौं नागरिकको हत्या गरेको अभियोग लाग्ने भएको छ । जनयुद्धका क्रममा मारिएका १७ हजार नागरिक मध्ये आफूले पाँच हजारको जिम्मा लिनसक्ने अभिव्यक्ति दिएका कारण उनीमाथि उक्त संख्याका व्यक्तिहरुको हत्या गरेको अभियोग लाग्ने भएको हो । 

टुँडिखेलमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्धकालमा  मारिएका पाँच हजार जनाको मात्र आफूले जिम्मा लिने भनेर दिएको अभिव्यक्तिअनुसार फौजदारी अभियोग दायर हुनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न माग गरेका थिए ।
 
सर्वोच्च अदालत प्रशासनले सो रिट दर्ता नगरी दरपीठ गरेको थियो । प्रशासनको सो दरपीठको आदेशविरुद्ध आरण र बुढाथोकीले निवेदन दायर गरेका थिए ।

सोही निवेदनमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले प्रशासनको दरपीठको आदेश बदर गरिदिएको छ । इजलासले प्रशासनको दर्ता नगर्नुपर्ने निर्णय उल्टाउँदै रिट दर्ता गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस