aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

राष्ट्रपतिको दायित्व नै संविधान र गणतन्त्रको रक्षा हो : महरा

  • रासस
    रासस
  • शनिबार, २० फागुन २०७९
राष्ट्रपतिको दायित्व नै संविधान र गणतन्त्रको रक्षा हो : महरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले माओवादी नेपाली कांग्रेसको ढोक्सामा परेको नभई संविधान र गणतन्त्रको रक्षा गर्दै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सहकार्य गरेको बताएका छन् । 

उदयपुरको कटारीमा आजदेखि सुरु भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कोशी प्रदेशको दोस्रो सम्मेलनका क्रममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष महराले आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपतिमा जित्ने बताए ।

साथै उनले माओवादी केन्द्र कांग्रेसको ढोक्सामा नपरेको पनि बताए ।
    
‘राष्ट्रपतिको दायित्व नै संविधान तथा गणतन्त्रको रक्षा एवं शान्ति प्रक्रियाको काम पुरा गर्नु भएकाले हामीले यो समीकरण बनाएका हौँ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस