aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘समृद्ध नेपाल, सुखी नेपाली’  बनाउने एमालेको मुख्य लक्ष्य : रायमाझी

  • रासस
    रासस
  • शनिबार, २० फागुन २०७९
‘समृद्ध नेपाल, सुखी नेपाली’  बनाउने एमालेको मुख्य लक्ष्य : रायमाझी

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सचिव टोपबहादुर रायमाझीले आफ्नो पार्टीले सरकारमा हुँदा गरेका काम जनतासम्म पुर्‍याउने उद्देश्यले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल, अर्घाखाँची शाखाले सन्धिखर्कमा आज आयोजना गरेको पत्रकार सम्मलेनमा सचिव रायमाझीले ‘समृद्ध नेपाल, सुखी नेपाली’  बनाउने एमालेको मुख्य लक्ष्य रहेको बताए ।

उनले आउँदो  निर्वाचनमा एमालेले बहुमत ल्याउने अभियानका साथ देशभरी ‘मिसन ग्रासरुट’ कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे । 

एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पार्टीको ह्वीप नलाग्ने भएकाले राष्ट्रपतिमा सुवास नेम्वाङ विजयी हुने दाबी गरे ।

वर्तमान गठबन्धनका कारण देशमा आर्थिक सङ्कट उत्पन्न भएको उनको आरोप थियो ।

पत्रकार सम्मलेनमा एमाले पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाललगायतको उपस्थिति थियो ।  

प्रतिक्रिया दिनुहोस