aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माधव नेपालका भाइको रेष्टुराँबाट खसेर निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० फागुन २०७९
माधव नेपालका भाइको रेष्टुराँबाट खसेर निधन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए । रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए ।

 उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पु¥याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उनलाई माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा पु¥याइएको थियो । नेता उपाध्याय पूर्वप्रधानमन्त्री एवमं  नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालका कान्छो भाई हुन । उनी ६२ वर्षको थिए । उनका दुई छोरी अमेरिकामा छन ।

कपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई एवं सोही पार्टीका केन्द्रीय सदस्यको आर्थिक अवस्था त्यति नाजुक नभएपनि पारिवारिक समस्याका कारण घटना भएको हुनसक्ने प्रहरीको छ। उनी शनिबार साँझ रेष्टुरेन्टको छतबाट खसेपछि घाईते भएका थिए। स्थानीयले माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमामा उपचारार्थ लगिएपनि उनको निधन भएको हो। 

प्रतिक्रिया दिनुहोस