aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा महिलाको शव फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० फागुन २०७९
निर्माणाधीन घरको सेफ्टी ट्यांकीमा महिलाको शव फेला

काठमाडौं । कपिलवस्तुमा सेफ्टी ट्यांकीभित्र एक महिलाको शव फेला परेको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा महिलाको शव फेला परेको हो । 

वडा प्रहरी कार्यालय चन्द्रौटाले दिएको जानकारी अनुसार निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको छ । बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् । 

महिलाको शवको पहिचान गर्न नसकिएको र हत्याको आशंका गरिएको छ। दुर्गन्धित क्षेत्र रहेकाले शवको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस