aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

भारतमा तीन वर्षमा क्यान्सरका बिरामी तीव्र रुपमा बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० फागुन २०७९
भारतमा तीन वर्षमा क्यान्सरका बिरामी तीव्र रुपमा बढ्दै

एजेन्सी ।  भारतमा तीन वर्षमा क्यान्सरका बिरामी तीव्र गतिमा बढ्दै छन् । यो दाबी इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च ले गरेको हो। २०२५ सम्ममा क्यान्सरका केसहरूमा १२.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। पछिल्ला केही वर्षयता भारतमा क्यान्सर रोगीको संख्या तीव्र गतिमा बढ्दै गएको विज्ञहरुले क्यान्सरको बढ्दो तथ्याङ्कलाई ध्यानमा राख्दै यस्तो दाबी गरेका छन् ।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार, २०२० मा राज्य र केन्द्र शासित प्रदेशहरूमा अनुमानित क्यान्सरका घटनाहरू २०२० मा १३.९२द्द लाख  थिए । जुन २०२१ मा १४.२५ट लाख र २०२२ मा बढेर १४.६१ लाख पुगेको छ।

विज्ञहरूका अनुसार मुटु र श्वासप्रश्वासका रोग मात्र नभएर क्यान्सरका बिरामी पनि बढिरहेका छन् । बढ्दो उमेर, जीवनशैलीमा परिवर्तन, व्यायामको कमी र पौष्टिक आहारलगायत क्यान्सरको बढ्दो प्रकोपका लागि धेरै कारकहरू जिम्मेवार छन्। धेरै पटक क्यान्सरको लक्षणबारे पूर्ण जानकारी नहुने भएकाले समयमै रोग पत्ता लाग्दैन र उपचारमा पनि ढिलाइ हुन्छ । समयमै उपचार नहुँदा क्यान्सर बढ्दै गएको छ । त्यसैले मानिसमा क्यान्सरबारे चेतना फैलाउनु पनि निकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस