काठमाडौं । शनिबार शंखमूलस्थित बबिन रेष्टुरेन्टको छतबाट खसेर निधन भएका नेकपा (एकिकृत समाजवादी)अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायले आत्महत्या गरेको पाईएको छ । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार उनी उक्त रेष्टुरेन्टमा रहेको छतको टेबुलमाथि चढेर हाम फालेको पाइएको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले टेबुलमाथि चढेर हाम फालेको देखिएको ती अधिकारीले बताए । उनी उक्त रेष्टुररेन्टमा तीनदिनदेखि लगातार जाने गरेकोसमेत देखिएको छ । रेष्टुरेन्टमा जाने, कफी र चुरोट मगाएर सेवन गर्ने र रेष्टुरेन्टमा कार्यरत वेटरलाई टिप्स दिएर कसैसँग केही कुरा नगरी फर्किने गरेको प्रहरीको भनाइ रहेको छ ।
प्रहरीलाई रेष्टुरेन्टका कर्मचारीहरुले दिएको जानकारी अनुसार उनी लामो समय चुपचाप बस्ने गरेका थिए । उनले के कारणले आत्महत्याको बाटो रोजे भन्ने बारे विस्तृत अनुसन्धानबाट मात्र खुल्न सक्ने प्रहरीले बताएको छ । ्
उपाध्याय एकिकृत समाजवादीको केन्द्रीय सदस्य तथा पेशालेभने इन्जिनियर थिए । शनिबार हाम फालेर गम्भीर घाइते भएका उनलाई स्थानीयहरुले पहिले नयाँ बानेश्वरको सिभिल अस्पताल र पछि अन्नपूर्ण न्युरो अस्पताल पुर्याएका थिए । अन्नपूर्ण अस्पतालमा उनलाई चिकित्सकलेमृत घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस