aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सुदुरपश्चिम प्रदेशसभाको बैठक आज, मुख्यमन्त्री शाहले विश्वासको मत नपाए के हुन्छ सरकार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
सुदुरपश्चिम प्रदेशसभाको बैठक आज, मुख्यमन्त्री शाहले विश्वासको मत नपाए के हुन्छ सरकार ?

काठमाडौं । सुदुरपश्चिम प्रदेशसभाको बैठक आजका लागि डाकिएको छ । माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची राखि प्रदेशसभाको बैठक डाकिएको हो । 

प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रदेशसभामा १९ सिट रहेको कांग्रेसका शाहले नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने अपेक्षा गरेका छन् । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा माघ २६ गते एमालेका राजेन्द्य्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । 

माओवादी केन्द्रको शनिबार बसेको संसदीय दलको बैठकले भने यथास्थितिमा शाहलाई विश्वासको मत नदिने स्पष्ट पारेको छ । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिन २७ सांसदको समर्थन आवश्यक पर्छ । यहाँ माओवादीका ११ जना र नागरिक उन्मुक्तिका ७ जना सांसद छन् । 

नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत नदिने बताएको छ । कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको सहमति हुनु पर्ने अडान दुवै पार्टीले राखेका छन् । माओवादीको प्रदेश कमिटीले पार्टी केन्द्रको निर्णय र निर्देशन पर्खिरहेको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस