aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

ट्याक्टर र मोटरसाइकल ठोक्किदा धनुषामा दुईजनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २१ फागुन २०७९
ट्याक्टर र मोटरसाइकल ठोक्किदा धनुषामा दुईजनाको मृत्यु

काठमाडौं । ट्याक्टर र मोटरसाइकल ठोक्किदा धनुषामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनाबाट धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको हो । 

शनिबार राति करिब ९ बजे जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा सख्त घाइते भएका ठाकुर र साहलाई उपचारको लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालले उनीहरूलाई मृत घोषणा गरेका थिए । 

मृतक ठाकुर मोटरसाइकल चालक हुन् भने सुडी पछाडि सवार थिए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस