aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
दुई थान पेस्तोल सहित लुटपाटमा संलग्न ८ जना पक्राउ

काठमाडाैं । हाई रेष्टुरेन्ट एण्ड डान्स वारका आठ जना सञ्चालकहरु लुटपाटको योजना बनाउँदै गर्दा पक्राउ परेको छन् ।   

पक्राउ पर्नेमा गोरखा अजिरकोट  जिल्लाका ३८ वर्षका  कुशल अधिकारी ९पूर्व  आर्मी भगौडा० , नुवाकोट तारकेश्वर गा।पा का२९ वषर्यी  राम वहादुर तामाङग , नुवाकोट विदुर न।पा का २५ वषर्यी धर्म राज तामाङ्ग, गुल्मी ईस्मा गा।पा का ३० वषर्यी युवराज भण्डारी, धादिङ खनिवास गा।पा ५ का २७ वषर्यी विजय  तामाङग, नुवाकोट विदुर न।पा ७ का ३० वषर्यी को पिटर तामांङग, नुवाकोट तारकेश्वरका  ३०  वषर्यी  राजन तामाङ्ग रहेका छन् ।
 
निजहरुको साथबाट लुटपाट गरिएका सामानहरु समेत प्रहरीले बरामद गरेको छ । सामानहरूमा चाईनिज पेस्तोल २ थान ,सोको म्यागजिङग (  २ थान,सोको गोली  ( ४ राउण्ड, नक्कली सुन ( अ १ केजी, फलाम काटने औजार १ थान,लुटिएको पर्स, एटिएम कार्ड, मोवाईल २ थान, लुटिएको कपडा लगायत पछाडी वोक्ने झोला १ थान, मोटर साईकल  ४ थान, मोवाईल ७ थान रहेका छन् ।

अभियुक्तहरुलाई पक्राउ गरि थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस