aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सञ्चालन भएको १५ दिन बित्न नपाउदै संयुक्त यातायातमा अवरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २२ भदौ २०७६
सञ्चालन भएको १५ दिन बित्न नपाउदै संयुक्त यातायातमा अवरोध

काठमाडाैं । संयुक्त यातायात प्र.लि.द्धारा यातायात व्यवस्था मापदण्ड अनुसार सुपर डिलक्स  सञ्चालन भएको १५ दिन बित्न नपाउँदै अवरोध उत्पन्न भएको छ ।  

सुपर डिलक्स एयर कन्डिसन युक्त बस भदौ ९ गतेबाट सञ्चालनमा आएको हो । संयुक्त यातायातले १ करोड ९ लाख लागतमा ४४ सिट क्षमता भएको बस भदौ ९ गते उद्घाटन गरी २ वटा बस सञ्चालनमा ल्याइएको थियो । 

काठमाडौंबाट काकरभिट्ट हुँदै सिलगुढी जाने बसलाई काकरभिट्टामै सञ्चालन गर्ने बसलाई बाधा पुगेको भन्दै मेची बस व्यवसायमा आबद्ध संघका मानिसहरूले आन्दोलन गरेकोे संयुक्त यातायातका अध्यक्ष भरत तिमिल्सिनाले बताए । 

तिमिल्सिनाले भने ‘काठमाडौं सिलगढि बसलाई सिण्डिकेट खारेज गरेको भन्दै संघका मानिसहरूले आन्दोलन गरिरहेका छन्’ । संयुक्त यातायातले भदौ ९ गते देखि निरन्तर रूपमा सर्भिस दिरहेको छ । तर व्यवसायिले आन्दोन गरेपनि स्थानियले भने संयुक्त यातायात चल्नु पर्छ भनेर हामीलाई साथ दिइरहेको छ ।' 

संयुक्त यातायात २०२० को पर्यटकलाई पनि मध्यनजर गरेर सिलगुढीदेखि काठमाडौंसम्म सञ्चालन गरिएको छ । उक्त बस सञ्चालन हुदाँ काठमाडौ र सिलगुढी जाने पर्यटकलाई समेत सहज हुने अध्यक्ष तिमिल्सिनाले बताए । 

काडमाडौं उपत्यका र उपत्यका बाहिर गरी २१० वटा बसबाट सेवा दिदै आएको संयुक्त यातायातले तत्कालको लागि २ वटा र केहि समय पछि २ वटा गरी थप ४ वटा बसले सेवा दिने संयुक्त यातायातका अध्यक्ष भरत तिमिल्सिनाले बताए । 

टिकट काट्नको लागि  उपत्यका बाहिरको हकमा गोगंबु बसपार्कमा टिकट काट्नु पर्ने र उपत्यका भित्र गोंगबु र कपन बसपार्कमा टिकट काट्ने व्यवस्था रहेको छ । 

संयुक्त यातायातले हाल उपत्यका भित्र ८० वटा र उपत्यका बाहिर ३० वटा बसले सेवा दिदै आएको अध्यक्षको भनाई छ । तत्कालको लागि उक्त बसले २ सर्भिस दिने भएको छ । दिउसो ३ बजे स्वयम्भुबाट उक्त बस छुट्ने छ । 

उक्त यातायातले उपत्यका बाहिर काठमाडौं देखि सिलगुडी सम्म ४ वटा, काडमाडौं देखि गाइघाट ३ वटा, काठमाडौं देखि जनकपुर १ वटा, काठमाडौं देखि कटारी १ वटा, काठमाडौं देखि हेटौडा ३ वटा, काठमाडौं देखि दामन पालुङ् २ वटा, काठमाडौंदेखि ओखलढुङ्गा २ वटा, काठमाडौं देखि बेनी बाग्लुङ् ३ वटा, काठमाडौंदेखि बुर्विवाङ ३ वटा र काठमाडौंदेखि मुस्ताङ ३ वटा बसले सेवा दिदै आएको अध्यक्षले जानकारी दिए । 

काठमाडौं भित्र कपन, रत्नपार्क, स्वयम्भु, कलंकी, नक्साल, कालीमाटी, नयाँबर्सपार्क चाबहिल जस्ता रूटमा ८० वटा बसले यात्रुलाई सेवा दिदै आइरहेको छ । काठमाडौं उपत्यका भित्र संयुक्त यातायात २७ किलोमिटर गुड्ने गरेको तिमिल्सिनाले बताए ।
 

प्रतिक्रिया दिनुहोस