काठमाडौं । खाँदै गरेको मासु घाँटीमा अड्किएपछि एकजनाको मृत्यु भएको छ । छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको हो ।
आइतबार दिउँसो ३ बजेतिर बिहे भोज खाने क्रममा मासु घाँटीमा अड्किएर धिमालको मृत्यु भएको थियो । मासु अड्किएपछि घिसिङ्लाई उपचारका लागि नजिकैको क्लिनिक लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस