काठमाडौं । अभिनेत्री निशा अधिकारीले क्रिकेटर शरद भेषवाकरलाई अंश मुद्धा आलेकी छिन् । उनले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्धामा आइतबार सुनुवाइ समेत भएको छ ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले भेषवाकरको सम्पत्ति विवरण माग गरेको छ । निशा अधिकारीले अंश मुद्दा दायर गरेपछि अदालतले भेषवाकरको सम्पत्तिको फाँटबारी माग गर्ने आदेश दिएको हो ।
अधिकारी र भेषवाकरले केही समयको प्रेम सम्बन्धपछि २०७४ सालमा विवाह गरेका थिए भने त्यसको एक वर्षपछि निशाले छोरालाई जन्म दिएकी थिइन् । त्यस यता भने उनीहरुको सम्बन्धमा दरार पैदा भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस