
एजेन्सी । कोभिडले चीनको अर्थतन्त्रलाई नराम्ररी हल्लाएको छ। जसका कारण चीनको आर्थिक बृद्धि दरको लक्ष्यमा कमी आउने देखिएको छ ।चीनले यस वर्षको लागि ५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । सरकारको कार्यदल प्रतिवेदन अनुसार राष्ट्रिय जन कांग्रेसले आफ्नो वार्षिक संसदीय अधिवेशन सुरु गरेको छ । यस वर्षको पाँच प्रतिशतको लक्ष्य अपेक्षित भन्दा कम छ, समाचार एजेन्सी रोयटर्सलाई भने अर्थव्यवस्था वृद्धि लक्ष्य ६ प्रतिशतमा सीमित हुन सक्छ।
प्रतिवेदनमा वर्तमान प्रधानमन्त्री ली खछ्याङले आर्थिक स्थायित्वलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । यस वर्ष करिब १ करोड २० लाख सहरी रोजगारी सृजना गर्ने लक्ष्य राखिएको थियो । जुन अघिल्लो वर्षको कम्तिमा ११ लाखको लक्ष्यभन्दा बढी थियो। चीनको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) गत वर्ष मात्र तीन प्रतिशतले बढेको थियो। गत दशकमा अर्थतन्त्र वृद्धिको मोर्चामा यो चीनको पछिल्लो चार दशकमा सबैभन्दा खराब प्रदर्शन हो। चीन सरकारले कोभिडलाई लिएर कडा प्रतिबन्ध लगाएको थियो। जसका कारण त्यहाँको आर्थिक गतिविधि सुस्त भएको थियो ।
प्रतिवेदनका अनुसार लीले सरकारी बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशतको लक्ष्य राखेका छन् । यो गत वर्षको लक्ष्यभन्दा करिब २.८ प्रतिशतले बढेको हो । यो वर्षको संसद अधिवेशनमा सरकारले ठूला परिवर्तन कार्यान्वन गर्ने निर्णयहरू घोषणा गर्न सक्ने विश्वास गरिएको छ । चीन सरकारले कोभिडबाट प्रभावित आफ्नो अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने प्रयास गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस