aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

निर्वाचन प्रणालीमा सुधारको माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
निर्वाचन प्रणालीमा सुधारको माग

काठमाडौं । लोकतन्त्र रक्षाका लागि निर्वाचन प्रणालीमा सुधारको माग गर्दै लोकतान्त्रिक नागरिक अभियानले ११ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन जारी राखेको छ । प्राथमिक निर्वाचन, नो भोट र प्रतिनिधि फिर्ता बोलाइनुपर्नेलगायत माग पनि सो अभियानले गरेको छ । 

पूर्ण न्यायसहितको लोकतन्त्र र नेपाली नागरिकलाई मतदानको अधिकारको सुनिश्चितता लगायतका मुद्दा सम्बोधन नभएसम्म अनशन जारी रहने अभियानका संयोजक नन्दराज उपाध्यायले बताए ।  सो अनसनमा जय महाङ्काल युवा समूहले पनि समर्थन जनाएको छ ।

प्रतिक्रिया दिनुहोस