aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

७० वर्षे वृद्ध दम्पती झुण्डिएको अवस्थामा भेटिए

  • रासस
    रासस
  • सोमबार, २२ फागुन २०७९
७० वर्षे वृद्ध दम्पती झुण्डिएको अवस्थामा भेटिए

ओखलढुङ्गा । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । 

जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस