aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चितवनमा चुनाव जित्न रास्वपाले निर्वाचन क्षेत्र समिति गठन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २२ फागुन २०७९
चितवनमा चुनाव जित्न रास्वपाले निर्वाचन क्षेत्र समिति गठन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ ।

रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका सदस्यबाट खुला आवेदनमार्फत निर्वाचन क्षेत्र समिति गठन गर्न लागेको महामन्त्री डा मुकुल ढकालले जानकारी दिए । समितिमा रहनका लागि इच्छुक भएकाले आउँदो चैत महिनाको १५ गतेसम्म आवेदन दिनुपर्ने महामन्त्री ढकालद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरीएको छ । उनका अनुसार पार्टीको एपमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । अनलाइन मतमार्फत निर्वाचन क्षेत्र समिति गठन गरिने पनि सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस