
काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
नेम्वाङले सोमबार बिहान पशुपतिनाथ मन्दिरको दर्शनपछि कांग्रेस सभापति देउवालाई भेटेका थिए । भेटमा देउवाले आफू राष्ट्रपतिको उम्मेदवार रहेको जानकारी गराएका थिए ।
देउवासँगको भेटमा देउवा पत्नी आरजु देउवा पनि सहभागी थिइन्। भेटमा समसायिक राजनीतिक घटनाक्रमका साथै राष्ट्रपति निर्वाचनका विषयमा छलफलल भएको थियो ।
नेम्वाङले आफू राष्ट्रपति उम्मेदवार रहेको देउवालाई जानकारी गराउँदा देउवाले नेम्वाङ राष्ट्रपतिका लागि राम्रो उम्मेदवार भए पनि नेपाली कांग्रेसले आफ्नै उम्मेदवार उठाएको बताएका थिए ।
आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेकपा एमालेबाट एमाले संसदीय दलको उपनेता रहेका पार्टी उपाध्यक्ष नेम्वाङ र नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस