aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

नेपालमै एक युवाको पेटभित्र रक्सीको सिंगो बोतल भेटिएपछि...

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
नेपालमै एक युवाको पेटभित्र रक्सीको सिंगो बोतल भेटिएपछि...

काठमाडौं । नेपालमै एउटा अचम्मको घटना घटेको छ । एकजना २६ वर्षका युवाको पेटभित्रबाट रक्सीको सिंगो बोतल निकाल्नु परेपछि घटना अनौठो देखिएको हो । 

रौतहटको गुजरा नगरपािलका-९, अमतबा टोलका २६ वर्षीय नुर्साद मन्सुरीको पेटभित्र रक्सीको बोतल भेटिएपछि अहिले यसको चर्चा व्यापक बनेको छ । ती युवा आइतबार बिहान पेट दुखेपछि नजिकको क्लिनिकमा गएका थिए । 

क्लिनिकबाट औषधि किनेर खाँदा पनि पेट निको नभएको र झन् दुख्न थालेपछि उनलाई उपचारको लागि चन्द्रपुर अस्पतालमा लगेर एक्सरे गर्दा उनको पेटमा सिंगो बोतल देखिएको थियो । 

तत्कालै उनलाई चितवनको भरतपुर अस्पताल रिफर गरिएपछि त्यहाँ उनको अपरेसन गरि चिकित्सकहरुले बोतल निकालेका छन् । बोतलले आन्द्रा प्वाल पार्नुका साथै पेट फुलिएको र  इन्फेक्सन  फैलिसकेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस