aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

वडाध्यक्ष श्याम साहले दान गरे दुई करोडको जग्गा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
वडाध्यक्ष श्याम साहले दान गरे दुई करोडको जग्गा
फाइल फोटो

गोलबजार । सिरहाको लहान नगरपालिका–८ का वडाध्यक्ष श्याम साहले दुई करोड रुपैयाँ मूल्य बराबरको दुई कठ्ठा जग्गादान गरेको छ । उनले सोनार समाजको अतिथि सदन निर्माणका लागि लहान –७ स्थित टाउनप्लानिङ्गमा रहेको जग्गादान गरेका हुन् ।    

सोनार समाजद्वारा आयोजित होली मिलन कार्यक्रममा जग्गादाता वडाध्यक्ष साह र उनकी आमा फुलोदेवीलाई सम्मान गरिएको छ । वडाध्यक्ष साहले  सोनार सेवा सदन समितिको नाममा उक्त जग्गा पास गरेको समाजका जिल्ला अध्यक्ष जयप्रकाश साहले बताए । 

‘‘आफ्नो सुमदायको विकासका लागि जग्गादान गरेको छु”, वडाध्यक्ष साहले भने, “अब भवन निर्माणमा पनि सहयोग गर्नेछु ।’’ विपन्नका परिवारलाई आर्थिक उपार्जन र रोजगारी दिनका लागि पनि समाजले सहयोग गरिराखेको जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस