aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 

होटलमा कौडा खेलिरहेका ९ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २३ फागुन २०७९
होटलमा कौडा खेलिरहेका ९ जना पक्राउ

काभ्रे । होटलमा कौडा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका ३ स्थित ग्रेस होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ५ बस्ने २७ वर्षीय महेन्द्र दाहाल समेत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ३२ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस