धनुष । बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद दिलीपकुमार साहलाई निलम्बन गरिने भएको छ । जिल्ला अदालतबाट चार वर्षअघि सुनाइएको फैसलालाई नै उच्च अदालतले समेत सदर गरेपछि प्रदेश सभाले उनलाई निलम्बन गर्ने भएको छ ।
नेकपाको टिकटमा सिरहाका निर्वाचन क्षेत्र ४ ९१० बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित साहलाई धनुषा जिल्ला अदालतले २०७२ जेठ १३ गते एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको थियो ।
जिल्ला अदालतको सो फैसलाविरुद्ध पुनरावेदन गरेका साहलाई उच्च अदालत जनकपुरले पुरानै फैसला सदर गरेको सुनाइदिएपछि उनलाई निलम्बन गर्न प्रदेश सभाले प्रक्रिया सुरु गरेको हो । यो समाचार आजको नागरि दैनिकमा प्रकशित छ ।
प्रतिक्रिया दिनुहोस