aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आजबाट देश भरिका ७० स्थानमा सहुलियत पसल सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ भदौ २०७६
आजबाट देश भरिका ७० स्थानमा सहुलियत पसल सुरु

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर सोमबारदेखि उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा सहुलियत पसल सञ्चालन हुँदैछन्। चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सहुलियत सामान उपलब्ध गराउने छन्।

उपत्यकासँगै देशभरका ७० स्थानमाा सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ।  चाडपर्वमा
बजारमा अस्वाभाविक मूल्यवृद्धि भइ उपभोक्ता ठगिनसक्ने भन्दै बजार मूल्य नियन्त्रण गर्नका लागि सहुलियत पसल सञ्चालन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।

कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर र ललितपुरमा सहुलियत पसल सञ्चालन गरिने मन्त्रालयकी उपसचिव
उर्मिला केसीले जानकारी दिइन् । उपत्यकाभन्दा बाहिरी जिल्लामा नेपाल खाद्य संस्थान र साल्ट टेडिङ कर्पोरेसनको कार्यालयबाट सुपथ
मूल्यमा दैनिक उपभोग्यका सामान वितरण गरिने उनले जानकारी दिइन् । यो समाचार अजाको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस